+

झोलुङ्गे पुलको लठ्ठा मर्मत गर्ने क्रममा नदीमा खसेर २ जना बेपत्ता

सुर्खेत । सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा २ जना भेरी नदीमा खसेर वेपत्ता भएका छन् । सुर्खेतको बराहताल गाउँपालिकाको कुटा र पञ्चपुरी नगरपालिकाको चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा २ जना मजदुर भेरीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 


बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका २ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाक्री मगर रहेका छन् । 

उनीहरू पुलका लठ्ठा बाँध्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि बाबियाचौरबाट प्रहरी निरीक्षकको टोली र वीरेन्द्रनगरबाट सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट