
काठमाडौँ । तराई मधेशकेन्द्रित ८ राजनीतिक दलले आफूहरूको मोर्चा सरकारविरुद्ध नभएको बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा सरकारविरुद्ध लागिरहेको बेला मधेशकेन्द्रित ८ दलले त्यसबारे प्रष्ट्याएका हुन् ।
आठ दलीय कार्यदलको सोमबारको बैठकपछि नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले आफूहरुको मोर्चाबारे प्रष्ट्याउनु भएको हो । ‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन्’ बैठकपछि उहाँले भन्नुभयो– ‘तर हाम्रो यो मोर्चा त्यस्तो होइन ।’
तराई मधेशकेन्द्रित समान मुद्दा भएका दलले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने ? भनेर कार्यदल बनाइएको चौधरीले बताउनुभयो । ‘समान मुद्दा भएका राजनीतिक दलको ९ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ’ उहाँले भन्नुभयो – ‘यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भन्नेबारे कार्यदलमा छलफल भएकोछ । विगतमा भएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा त्यसबारे आजको बैठकमा छलफल भएको छ ।’
बैठकले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, अध्यादेशबारे धारण बनाउने लगायतका विषयमा छलफल भएको चौधरीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै