
नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ताल संरक्षण एवं प्रवर्द्धन शुरु गरेको छ ।
गाउँपालिकाले वडा नम्बर ६ सनईमा अवस्थित नन्दन तालको संरक्षण एवं प्रवर्द्धन शुरु गरेको छ । संरक्षणको अभाव अतिक्रमणमा परेको ताललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल शुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘ताललाई पुरानै स्वरूपमा फर्काउनका लागि गाउँपालिकाले पहल शुरू गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेर अगाडि बढेका छौँ ।’
नन्दन तालको क्षेत्रफल करिब ८० बिघा भए पनि अहिले अतिक्रमणका कारण साँघुरिँदै गएको छ । ताल क्षेत्रमा स्थानीयले खेतिपाती गरिरहेका छन् ।
केही वर्षअघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागि ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि हुन छाडेको वडा नम्बर ६ का वडाध्यक्ष किशान यादवको भनाइ छ ।
ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा आवाज उठे पनि संरक्षणको ठोस काम हुन नसको स्थानीय सन्दीप यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘तालको क्षेत्रमा भएको अतिक्रमणलाई खाली गराउनका लागि मालपोत कार्यालय, नापी कार्यालय तथा जिल्ला प्रशासनको पनि पहलकदमी आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव