
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट राष्ट्रियसभामै ढल्नु भएको छ । सांसद भट्ट आइतबार राष्ट्रियसभा बैठक सञ्चलान भइरहेका बेला अचानक पल्टनुभएको हो ।
सांसद भट्ट आसनग्रहण गरिरहेको अवस्थामा एक्कासी ढलेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई तत्कालै समात्नुभएको थियो । सांसद भट्टलाई त्यसपछि उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको छ । सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको उहाँको उपचारमा संलग्न स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिनुभएको छ ।
स्वास्थ्यकर्मी सिंहका अनुसार सांसद भट्टलाई रक्तचाप र मधुमेहको समस्या देखिएको छ । उहाँले अहिले चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै