
धनुषा । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बौधिमाई नगरपालिकाका मेयरलाई अदालत परिसरमै मार्ने धम्की दिएको भन्दै त्यसविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता गराउनु भएको हो।
पूर्वमन्त्री साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेख्नु भएको थियो । साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गर्नुभएको हो ।
मेयर यादवले पूर्वमन्त्री साह र आम जनता पार्टीका महासचिव त्रिभुवन साहविरुद्ध गएको शुक्रबार अवहेलना मुद्दा दर्ता भएको हो । मेयर यादवले दर्ता गराउनु भएको मुद्दामा पूर्वमन्त्री साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत लगाइएको छ । त्यो मुद्दा आज सुनुवाइ हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै