
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा रास्वपाले बहिष्कार गरेको हो ।
आजको बैठक शुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदहरुसँग अनुरोध गर्नुभएको थियो । आजको बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
‘हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौँ । निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ । तपाईंहरु आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्’ सभामुख घिमिरेले भन्नुभयो ।
बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरुलाई बस्न पटकपटक अनुरोध गर्नुभएको थियो । तर पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिनुभयो । तर सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरेका छन् ।
रास्वपा सांसदहरुले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेको छ भने सभामुख घिमिरेले सबै दलहरुलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको त्यही समयमा आफ्ना कुरा राख्न आग्रह गर्नुभयो ।
त्यस्तै, नियमित बैठक र अधिवेशनको शुरुवाती बैठकको फरकबारे पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । रास्वपा सांसदहरुको विरोधकै बीच आजको बैठक अघि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै