
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
आज उहाँले भिडियो सन्देश जारी गरि पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपिभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा मन्त्री भट्टराईले विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने भएकाले लक्षित किशोरी सबैले आ–आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोधसमेत गर्नुभएको छ । सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई खोप अभियान सञ्चालन गर्दैछ ।
आगामी वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा समावेश गदै कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइने सरकारको तयारी छ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै