
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताउनुभएको छ ।
सरकारले सामाजिक संजाल मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले वर्तमान सरकारले ल्याएको विधेयकमा प्रस्तावित विषयहरू मान्न नसकिने र त्यो विधेयक बदलिने भन्दै ढुक्क हुन समेत आग्रह गर्नुभएको छ । यस्तै प्रकृतिको विधेयक विगतमा पनि संसद्मा प्रवेश गराउने प्रयास भएको थियो । त्यसबेला पार्टीको प्रवक्ता रहनुभएका शर्माले त्यसबारे विज्ञप्ति जारी गर्दै विरोध गर्नुभएको थियो । अहिले कांग्रेस-एमाले गठबन्धनकै सरकार हुँदा पुनः त्यही प्रकृतिको विधेयक सरकारले अघि बढाएपछि उहाँ विरोध गर्नुभएको हो ।
महामन्त्री शर्माले विधेयकका विषयमाथि संसद्मा गम्भीर छलफल गरेरमात्रै त्यसबारे विधेयक पारित गरिने बताउनुभएको छ । "प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस्, दृस्टि बदलिन्न, विधेयक बदलिन्छ," उहाँले सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ, "सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ ।"
यो पनि ...
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ: प्रेस सेन्टर
सामाजिक सञ्जाल विधेयकप्रति समाजवादी प्रेस संगठनको आपत्ति
सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति
सामाजिक सञ्जाल विधेयकप्रति अन्तर्राष्ट्रिय पत्रकारको ध्यानाकर्षण
सामाजिक सञ्जालसँग सरकार थर्कमान, प्रयोगकर्ताको ‘पाता कस्ने’ कानुन ल्याउँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै