
लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताउनुभएको छ । आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताउनुभयो ।
राष्ट्रपतिले शिक्षालाई प्राविधिक, गुणस्तरीय र व्यवस्थित गर्दै समयअनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कति पनि विचलित नभई आज यहाँसम्म आइपुगेको बताउँदै यसमा मध्यनेपालवासीको पनि योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।
राष्ट्रपतिले आफू २०४८ सालदेखि राजनीतिमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, सञ्चारलगायत पूर्वाधार पुगेको छ, ग्रामीण विकासको लहर आएको छ । विकासको मेरुदण्डका रूपमा रहेका युवा विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।’
राष्ट्र भन्नु नै जनता रहेको र जनता यसरी बाहिरिरहे मुलुक उजार अवस्थामा पुग्ने जनाउँदै राष्ट्रपतिले युवालाई स्वदेशमा रोक्न रोजगारी आवश्यक रहेको धारणा राख्नुभयो । ठूलो त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतन्त्र गणतन्त्र शासन प्रणालीको जगमा राष्ट्रको सांस्कृतिक, सामाजिक, आर्थिक विकास हुने उहाँको भनाइ छ ।
अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्ने उल्लेख गर्दै राष्ट्रपतिले राजनीतिक दलहरू एकजुट भएर आपसी सहकार्य र समन्वयबाट मुलुकको विकास गर्ने बेला आएको बताउनुभयो ।
सबै एकजुट भएर सुशासन कायम गर्दै देश विकासका लागि भ्रष्टाचार, विकृति, विसङ्गति हटाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै