
सिरहा । सिरहाको ठाडी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।
यस भन्सार कार्यालयलाई आव २०८१/८२ मा चार करोड २३ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा पुस मसान्तसम्म दुई करोड पाँच लाख ६९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो । तर, छ महिनाको यस अवधिमा कार्यालयले एक करोड ७१ लाख ४५ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको करिब ८४ प्रतिशत हुन आउँछ ।
कार्यालयका भन्सार अधिकृत मुकेशकुमार पाठकका अनुसार अपेक्षित राजस्व सङ्कलन हुन नसक्नुमा सिरहा जिल्लामा ‘खाद्य तथा प्लान्त क्वारेन्टाइन’ नहुनु हो । उहाँले भन्नुभयो– ‘यस जिल्लामा दुईवटा मूल भन्सार र एउटा छोटी भन्सार कार्यालय रहेका छन् । तर जिल्लामै खाद्य तथा प्लान्ट क्वारेन्टाइन नहुँदा खाद्य सामग्रीको भन्सार जाँजपास हुन सकेन र अपेक्षित राजस्व सङ्कलन पनि हुँन नकेन ।’
भन्सार अधिकृत पाठकले प्लान्ट क्वारेन्टाइन कार्यालयको अभावमा चोरी निकासी तथा पैठारी हुने गरेको भन्दै खाद्य सामग्रीलाई वैधानिक रुपमा भन्सार जाँचपास प्रक्रियामा ल्याउन सके राजस्व सङ्कलन दुई गुणाले बढ्ने दाबी गर्नुभयो ।
सम्बन्धित मन्त्रालय तथा विभागमा पटकपटक पहल गरिए तापनि सुनुवाइ हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू