+

डोल्पामा आगलागी, एक जनाको मृत्यु

डोल्पा । डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा बादी सार्कीको मृत्यु भएको हो । 


घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।

मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधि लगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताउनुभयो । 

आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट