
डोटी । बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ । २५ शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो । हालसम्म पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन ।
सङ्घीय विशेष अनुदानतर्फको आव २०७७/७८ मा बजेट विनियोजन भएपछि २०७७ फागुन ७ गते अस्पतालले १० करोड २७ लाख रुपैयाँमा भवन निर्माण गर्न ‘केयस कन्स्ट्रक्सन धनगढी कैलाली’सँग सम्झौता गरेको थियो ।सम्झौताअनुसार २०७९ फागुनसम्म सो भवन निर्माण गरिसक्नुपर्ने थियो ।
कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवस समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुनमा २०८० माघसम्मका लागि म्याद थप गरिएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न भने हुन सकेन । अहिलेसम्म भवनको भौतिक प्रगति ९२।७५ प्रतिशत रहेको छ ।
निर्माणमा संलग्न व्यवसायीलाई रु आठ करोड ६५ लाख भुक्तानी गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुजितकुमार मण्डलले बताउनुभयो । चालू आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छैन ।
भवन निर्माण सम्पन्न गर्न आवश्यक रकम व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म धाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो । तर अहिलेसम्म बजेट सुनिश्चित हुन नसकेको उहाँको भनाइ छ ।
‘भवन अभावले अस्पतालका सेवा प्रभावित भइरहेका छन्’ डा मण्डलले भन्नुभयो ।
भवन अभावका कारण अस्पतालले बाल पोषण गृह, स्तनपान कक्ष, शल्यक्रिया कक्ष लगायतको व्यवस्था गर्न नसकेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु