
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही साता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प , कोभिड–१९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा सराहनीय रहेको जनाइएको छ । यो सिकाइ विश्वका लागि पनि सिकाइ भइरहेकाले विश्व स्वास्थ्य सङ्गठनले अन्यत्र पनि कार्यान्वयमा ल्याएकोे छ । मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपतलीन चिकित्सकीय समूह परिचालन सम्बन्धी निर्देशिका, २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरणसमेत गरेको छ ।
नेपालको कुनै पनि स्थानमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आएको खण्डमा समयमै रोगको पहिचान, रोकथाम र उपचार गरी रोग र मृत्युदरलाई कम गर्न तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीको परिचालन गर्न सहयोग पुर्याउने द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूहमार्फत काम गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा मन्त्रालयले तालिम सञ्चालन गरिरहेको हो । विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा अस्पतालमा कार्यरत जनशक्तिको परिचालन, जिम्मेवारी, अस्पतालको सेवालाई कसरी चुस्त बनाउने भन्ने उद्देश्यले आयोजित तालिमलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
यसक्रममा सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल, ट्रमा सेन्टर, हेटौँडा अस्पताल, गोरखा अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजित तालिम सोमबार सम्पन्न भएको छ । तालिममा डा नवीन फुयाँल, डा विज्ञान प्रजापति, डा मनिसा सेन, डा अमित सिंह, डा गौरव देवकोटा र डा सविता पौडेलले सहजीकरण गर्नुभएको थियो ।
तालिम समापनका अवसरमा आपतकालीन तथा विपद् व्यस्थापन एकाइ प्रमुख डा बुढाथोकीले जनस्वास्थ्य आपत्कालको व्यवस्थापन गर्नका लागि विषयगत समितिबाट निर्देशि जारी गर्न सहमति दिइसकेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु