
भक्तपुर । विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । आज सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।
जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिनुभयो । मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उहाँले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव