
दार्चुला । सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो ।
शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको हो । पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । एक मात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधन दुईतर्फ रोकिएका छन् । धनगढी, महेन्द्रनगर, काठमाडौँबाट आउने बस तथा जीप किम्तडीबाट फर्किरहेका छन् । साथै मालवाहक ट्रक पनि रोकिएका छन् ।
खलङ्गामा रोकिएका बस, जिप बसपार्कमा थन्किएका छन् । एम्बुलेन्स पनि चल्न पाएका छैनन् । वैकल्पिक मार्ग नहुँदा खलङ्गासम्मको आवतजावत ठप्प भएको जनाइएको छ । सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलङ्गा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् ।
सदरमुकाम नजिकै रहेको सडक अवरुद्ध हुँदा बालबालिकाले जोखिम मोलेर आवतजावत गर्नु परेको अभिभावकको गुनासो छ । महेन्द्र नमूना मावि खलङ्गा र एशियन अकाडमीको स्कुल बस रोकिएका छन् । त्यसका कारण धाप, दत्तु, किम्तडी लगायत ठाउँबाट आउने विद्यार्थी मर्कामा परेका छन् । विद्यार्थीलाई भिरको बाटो हिँडाउँदा निकै जोखिम भएको महेन्द्र नमूना माविका प्रधानाध्यापक दामोदर जोशी बताउनुहुन्छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले सडक खुलाउन सडक डिभिजन बैतडीलाई पत्रचार गरेको छ । आइतबार कार्यालयलाई सडक मर्मत तथा सञ्चालन गर्न पत्रचार गरेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक चौडा गर्ने क्रममा खसेको पहिरोले सदरमुकाम खलङ्गासम्म आवतजावतमा कठिनाइ भई नागरिकको जनजीवन कष्टकर भएको जनाउनुभएको छ ।
प्रशासनको पत्रचारपछि निर्माण व्यवसायीले एक–दुई दिनभित्र पैदल बाटो खुलाउने जनाएको छ । सडक पूर्ण रुपमा सञ्चालन हुन भने केही समय अझै लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु