
काठमाडौँ । सर्वोच्च अदालतले भूटानी नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय नित्यानन्द पाण्डे र सारंगा सुवेदीको संयुक्त इजलासले झाको कागजात मगाउन आदेश दिएको हो। झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै दिएको रिट सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।
झामाथि भूटानी नक्कली शरणार्थी प्रकरणमा मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल गरेको आरोप लागेको छ। झालाई प्रहरी त्यही आरोप भारतबाट पक्राउ गरेर ल्याएको हो ।
झालाई अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु