
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन मतगणना अनिश्चिकालका लागि स्थगित भएको छ । सम्मेलनको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशतर्फको मतगणना अनिश्चिकालका लागि स्थगित गरिएको हो ।
शनिबार भएको मतदानको मतगणना भइरहँदा मधेसको गणना विवाद भएको थियो । आइतबार बिहानदेखि रोकिएको मतदान अझै शुरु गरिएको छैन । विश्वविद्यालय प्रदेश समिति र उपत्यका विशेष समितिका निर्वाचन समितिले विज्ञप्ति निकालेर मतगणना अर्को सूचना जारी नभएसम्म स्थगित भएको जानकारी गराएका छन् ।
विश्वविद्यालय प्रदेश समितिका तर्फबाट निर्वाचन समितिका अर्जुन अधिकारी र उपत्यका विशेष समितिबाट प्रा डा जगत पोखरेलले सूचना निकाल्नु भएको हो । मधेस प्रदेशबाट १ सय ५९ मत खसेको तर गणनाको क्रममा त्यो भन्दा ५ मत कम भेटिएपछि विवाद भएको हो ।
संस्थापन पक्षले पुनः मतदानको माग गरेको छ भने अर्को पक्षले मतदान सम्भव नहुने अडान लिएको छ । विद्यार्थी संगठनका नेताहरूका अनुुसार अध्यक्षका प्रत्यासीसँग निर्वाचन आयोगका सदस्यहरूबीच छलफल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु