
काठमाडौँ । बाल कलाकार हुँदै अभिनय यात्रा शुरुवात गर्नुभएका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गर्नुभएको छ ।
पहिलो चलचित्र ‘रङ्गी’ को प्रचारप्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो– १म चलचित्रकै माध्यमले चिनिए, बाल कलाकारदेखि नै चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ, चलचित्र क्षेत्रमा यो मेरो नयाँ यात्राको सुरुआत हो ।’
हालै सार्वजनिक गरिएको ‘छ भने माया’ गीतको श्रव्यदृश्यमा अभिनेता बस्नेतसँगै दिलीप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ, बाल कलाकार आयुषी ढकालले नृत्य गर्नुभएको छ । गीतमा तीन पुस्ताको सहभागिताले सुन्दरता थपेको उहाँले बताउनुभयो ।
‘मेरो बुवा शोभित बस्नेतसँग काम गर्नुभएका अग्रज, मेरा समकालीन र नव प्रवेशीसँग काम गर्न पाउँदाको खुशी म शब्दमा व्यक्त गर्न सक्दिन, तीन पुस्ताको सहभागिताले गीतलाई झनै सुन्दर बनाएको छ’ उहाँले भन्नुभयो ।
चलचित्रमा विशाल पहाडी, उत्तम केसी, सुमिन गुरुङ लगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । यस चलचित्रमार्फत निर्देशनमा सुरेश न्यौपानेले ‘डेब्यु’ गर्दै हुनुहुन्छ । उहाँले बुवा छोरीको कथालाई पर्दामा ल्याउने प्रयास गरेको बताउनुभयो ।
‘यो बुवा र छोरीबीचको प्रेमको कथामा तयार भएको चलचित्र हो, हामीले प्रणय दिवसमा यसलाई दर्शकसम्म पुर्याउने छौँ, मैले मुख्य सहायक निर्देशक भएर गरेका कामबाट प्रभावित भएर निर्देशनको जिम्मेवारी दिनुभएकामा सम्पूर्ण निर्माण पक्षप्रति कृतज्ञ छु’ उहाँले भन्नुभयो ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरले कथा लेखन, सौरभ लामाले छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीले सङ्गीत सिर्जना, बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ ।
चलचित्र आउँदो प्रणय दिवस अर्थात् फागुन २ मा नेपालसँगै विश्वभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै