
चितवन । चितवन जिल्ला अदालत बार एशोसिएशनमा पहिलो पटक महिला अध्यक्ष चयन हुनुभएको छ । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बन्नुभएकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
शनिबार सम्पन्न अधिवेशनमा उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । उहाँले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गर्नुभयो । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा सीताराम अधिकारी विजयी हुनुभएको छ । उहाँले ९१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गर्नुभयो । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गर्नुभयो । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन हुनुभएको छ ।
कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित हुनुभएको छ । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित हुनुभएको हो ।
खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु