
काठमाडौँ । शहीद सप्ताहअन्तर्गत सहीद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको समन्वयमा शहीद माथेमाले अमरत्व प्राप्त गर्नुभएको सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उहाँको शालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएका निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिद माथेमाले गरेको जीवनको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउँदै जनतालाई सुखी र समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका–७ का वडाध्यक्ष विमल हौडाले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गर्दै शहीद माथेमाको नामबाट सामाजिक संस्था स्थापना गर्न सरकारलाई आग्रह गर्नुभयो ।
राणा शासकले तत्कालीन व्यवस्थाविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा माथेमालाई विसं १९९७ माघ १३ गते सिफलमा मृत्युदण्ड दिइएको थियो ।
श्रद्धाञ्जलीसभामा महानगरपालिकाका कर्मचारी, माथेमा समाज गुठीका प्रतिनिधि, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्ल गायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु