
तनहुँ । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा शनिबार राति ८ः४५ बजे निधन भएको हो ।
व्यास नगरपालिका–३ निवासी आचार्य केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको आज दमौलीस्थित मादीसेती घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । आचार्यले महिला हक अधिकार र उत्थानका लागि अतुलनीय योगदान गर्नुभएको थियो ।
आचार्यको निधनप्रति विभिन्न दलका नेताहरुले दुःख प्रकट गर्नुभएको छ । नेकपा एमाले् राष्ट्रियसभाका प्रमुख सचेतक भगवती न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्याउनुहुने आचार्यको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
नेकपा माओवादीकेन्द्रका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले राजनीतिक र महिला आन्दोलनमा उल्लेखनीय योगदान गर्नुभएकी आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले आचार्यको निधनले नेपाली काङ्ग्रेसलाई क्षति पुगेको उल्लेख गर्नुभयो ।
लोकतन्त्र प्राप्तिको आन्दोलनमा उहाँले पुर्याएको योगदान सधैं उच्च रहने भण्डारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु