
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गरेर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपन्थी आन्दोलनका संस्थापक नेता कमरेड रामजीप्रसाद शर्माको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा अचानक दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभयो ।
‘रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता हो । उहाँले आफू वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आउनुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आउनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माले), (एमाले), नेकपा र (एकीकृत समाजवादी) पार्टी निर्माणमा निरन्तर योगदान गर्दै आउनुभएको थियो’ विज्ञप्तिमा भनिएको छ ।
शोकको घडीमा दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सम्पूर्ण शोकाकूल परिवारजन तथा आफन्तमा समवेदना प्रकट गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु