
धनुषा । मधेसका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् ।
लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरुले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरुमाथी विभेद हुने गरेको दुखेसो गरेका हुन् ।
मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भन्नुभयो– ‘महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन । म लामो सङ्घर्ष पश्चात नै राजनीतिमा अवसर पाएको हुँ ।’ उहाँले महिलाहरुको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढेपनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यस कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभयो । उहाँले महिला प्रदेशसभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाई नहुने गरेको आरोप समेत लगाउनुभयो ।
त्यसैगरी अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायकालागि कुनै पहल नगरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु