
महोत्तरी । बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्नुहुन्छ । १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो ।
बर्दिबास–५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेटमात्रै लाग्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्र गरेपछि स्थानीयवासीलाई गाउँ सहर गर्न सजिलो भएको हो ।
बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालोपत्र गरेको छ । अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ ।
नगरभित्रका सडक वषौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास–३ की आशा तोलाङ्गेले बताउनुभयो ।
नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्र सडकसँग जोडेको छ ।
भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाई भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।
उहाँले सडक कालोपत्र भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज भएको बताउनुभयो । नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू