
चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गएको पुस २५ गतेदेखि चितवन महोत्सव संचालन भइरहेको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको १५औँ संस्करणको महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४ सय ३० भन्दाबढी स्टल रहेका छन् ।
ती स्टलमध्ये एउटा हिमालयन चियाको स्टल पनि छ । स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया नि शुल्क रूपमा घुम्न आएका आगन्तुकलाई चखाइँदै छ । चिया खानेको स्टलमा घुइँचो लाग्ने गरेको छ ।
नेपाली चियाको प्रवर्द्धन एवम् युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवनमार्फत हिमालयन चियालाई निःशुल्क स्टल उपलब्ध गराइएको हो ।
हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थोडक्स चिया र उच्च गुणस्तरको सिटिसी चिया अवलोकनकर्तालाई चखाउने गरिएको बताउनुभयो । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउन महोत्सवले सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुनुका साथै स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भन्दै प्रबन्ध निर्देशक पदमले वार्षिक रु आठ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि यहाँ उत्पादित उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय शुरु गरेको बताउनुभयो ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री