
तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी .पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ ।
लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको आठराई गाउँपालिका–६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार वसन्तपुर भएर अघि बढेको हो ।
आर्थिक वर्ष २०६४÷६५ देखि निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गले जिल्लाबासीलाई यातायात सेवाको सहज पहुँचमा जोडेको हो । लोकमार्ग बन्नुअघि आठराई क्षेत्रका स्थानीयले छिमेकी जिल्ला पाँचथरको फिदिमबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर ल्याउनुपर्र्ने बाध्यता थियो । त्यतिबेलाको एक दिनको बाटो लोकमार्ग बनेपछि एक घण्टामा छोटिएको आठराईका नरेन्द्र इङनामले बताउनुभयो ।
लोकमार्ग नहुँदा प्रशासनिकसहित अन्य कामका लागि सदरमुकाम म्याङलुङ एक दिन पैदल हिँडेर आउनुपथ्र्यो । अहिले लोकमार्गको बाटो भएर सवारीसाधनमार्फत् तीन घण्टामा पुगिने आठराई–१ का वडाध्यक्ष रोहित कन्दङवाले जानकारी दिनुभयो ।
लोकमार्गले जिल्लाको आठराई, फेदाप, लालिगुराँसलगायत पालिकालाई सदरमुकाम म्याङलुङसँग प्रत्यक्ष जोडेको छ भने अन्य पालिकाबासीलाई पनि सदरमुकाम पुग्न सहज भएको छ । जिल्लाका उत्पादनलाई बाहिर जिल्ला पठाउन र जिल्लाका बजारसम्म पुर्याउन सुविधा भएको तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजिव ढुङ्गानाले बताउनुभयो ।
पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडैपहाड बैतडीको झुलाघाट जोड्ने लोकमार्गअन्तर्गत तेह्रथुममा २४ दशमलव चार किमी बाहेक सबै सडक कालोपत्र भइसकेको छ । फेदाप गाउँपालिकास्थित यावरा–पञ्चमी हुँदै खोरङवा खोलासम्मको खण्ड कालोपत्र हुन बाँकी रहेको मध्यपहाडी लोकमार्ग फिदिम पाँचथर कार्यालयका इन्जिनियर राजनारायण सरदारले जानकारी दिनुभयो ।
त्यस मध्ये १० किमी कालोपत्रको काम भइरहेको उहाँले बताउनुभयो । बाँकी खण्डको कालोपत्रका लागि भने बजेट सुनिश्चितता भइनसकेकाले अन्योलता आएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री