+

रवि लामिछानेको मुद्दा न्यायाधीश योगीको इजलासमा

रुपन्देही । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दा रूपन्देहीमा जिल्ला  न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।


रुपन्देहीमा मुद्दाको मिसिल अध्ययन भइरहेको जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभएको छ। मरासिनीका अनुसार त्यो मुद्दामा केहीबेरपछि इजलासमा बयान शुरु हुनेछ ।पूर्वगृहमन्त्री लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा  रुपन्देही जिल्ला   अदालतमा आइतबार पूरक अभियोग दर्ता भएको हो ।

यो मुद्दामा लामिछानेसहित छविलाल जोशी, जीबी राईसहि ४२ जनालाई कारबाही हुनुपर्ने माग गरिको छ । पूर्वगृहमन्त्री लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका छन् । लामिछान बुधबार अदालत कार्यालय खुलेपछि त्यहाँ उपस्थित भइसकेका छन् ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण कंडेलले बहस गर्ने तयारी  भइरहेको छ । मुद्दामा रूपन्देही अदालतका न्यायाधिवक्ता प्रेम पौडेल, सह(न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी  लगायतले बहु गर्नुहुने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट