
सिरहा । लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षांैदेखि अलपत्र रहेको मखानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको शुरुवात भएको हो ।
अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट ६० लाख रुपैयाँ लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका–१६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ । अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ ।’
परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ ।
यसअघि दुई वटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियोे । नजिकै पोखरी हुँदा शुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भई आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिलेकोभन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ ।
लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाउनुभएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री