
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को टोली स्पेन प्रस्थान गरेको छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा स्पेनको म्याड्रिडमा जनवरी २२ देखि २६ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर (फितुर) मा भाग लिन नाट्टाका अध्यक्ष कुमारमणि थपलिया नेतृत्वको उक्त टोली आज बिहान स्पेन प्रस्थान गरेको हो ।
मेलामा नेपालका २५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायबाट ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने नाट्टाका सहकोषाध्यक्ष एवं कार्यक्रमका संयोजक ढकनाथ काफ्लेले जानकारी दिनुभयो ।
नाट्टाका अध्यक्ष थपलियाले नेपालको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउनका लागि यस्ता मेलामार्फत सहयोग पुग्ने बताउनुभयो । नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रममा निरन्तर सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।
स्पेनमा हुन लागेको अन्तर्राष्ट्रिय मेलामा विश्वभरका एक लाखभन्दा बढी पर्यटकीय उद्योग, व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरुको उपस्थिति रहने नाट्टाले जनाएको छ ।
नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय स्रोतलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेला महत्वपूर्ण भएको अध्यक्ष थपलियाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने