
काठमाडौँ । पूर्वउपप्रधनमन्त्री तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम अन्तत नेकपा एमालेमै फर्कनु हुने भएको छ । पूर्वउपप्रधनमन्त्री गौतमसहित आफूहरु एमालेमै फर्कन लागेको एकता अभियानका प्रवक्ता डीबी कार्कीले जानकारी दिनुभएको छ ।
एमालेमा लामो समय प्रभावकारी भूमिकामै रहँदै उपाध्यक्ष समेत बन्नुभएका गौतम नेकपा विभाजनसँगै एकता राष्ट्रिय अभियान चलाएर अलगै बस्दै आउनुभएको थियो । एमालेबाट अलग बसेको साढे ३ वर्षपछि पुन पार्टीमै फर्कन लाग्नु भएको हो । पूर्वउपप्रधनमन्त्री गौतमसहित आफूहरु एमालेमै फर्कन लागेको एकता अभियानका प्रवक्ता डीबी कार्कीले जानकारी दिनुभएको छ ।
‘वामदेव गौतमको नेतृत्वमा हामी एमालेमै समाहित हुने निश्चित भएको छ । यसबीचमा अध्यक्ष गौतम र अध्यक्ष ओलीबीच दुई चरणको वार्ताले नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित हुने टुंगो लागेको हो’ प्रवक्ता कार्कीले भन्नुभएको छ, ‘यही शुक्रबार अध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भएको वार्ताले यो निष्कर्ष निकालेको हो । आइतबार पनि दुई नेताबीच टेलिफोन संवाद गरेर एक सातामै अभियानलाई एमालेमा समाहित गराउने सहमति जुटिसकेको छ।’
नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्धमा गौतमले प्रचण्डलाई साथ दिनुभएको थियो । नेकपामा प्रचण्डले प्रस्तुत गरेको ओलीविरुद्ध गम्भीर आक्षेपसहितको १९ बँुदे प्रतिवेदन गौतमले नै तयार पार्नुभएको थियो । ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने प्रचण्डको खेलमा गौतमले प्रचण्डलाई नै साथ दिनुभएको थियो । नेकपाको ९ सस्यीय सचिवालयले गौतमले प्रचण्डलाई साथ दिएपछि ओलीले आफ्नो बचाउको लागि प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । ओलीले त्यसको मूख्य कारण गौतमलाई ठहराउनु भएको थियो । प्रतिनिधिसभा विघटनकै कारण ओली र माधवकुमार नेपालबीच समेत फाटे आयो । नेकपाका तत्कालीन वरिष्ठ नेता नेपालले प्रतिनिधिसभा विघटनकै सवाललाई लिएर ओलीको निरन्तर कटटु आलोचना गरेपछि एमाले विभाजन हुने अवस्था बनेको हो । यसको कारण पनि वामदेवलाई नै मानिन्छ ।
पूर्वउपप्रधनमन्त्री गौतमले गत वर्ष नै फेरि एमालेमै सक्रिय चाहना व्यक्त गर्नूभएको थियो । त्यसको लागि एमाले अध्यक्ष ओलीसँग एक, दुई पटक भेटवार्ता र विभिन्न पटक टेलिफोन संसाद समेत गर्नुभएको थियो । तर ओलीले गौतमलाई तत्काल एमाले भित्र्याउन नचाहेपछि उहाँको चाहनामा अवरुद्ध बनेको थियो ।
ओलीले एमाले भित्र्याउन नचाहेपछि गौतमले नेकपा एकीकृत समाजवादीतिर भएपनि लाग्क्ष्ने योजना बनाउनुभयो । त्यही योजना अनुसार पछिल्लो पटक पुस १७ गते एकीकृत समाजवादीसँग एकताको समझदारी समेत गर्नुभएको थियो । एकीकृत समाजवादी अध्यक्ष नेपालले गौतमसँग एकताका लागि सैद्धान्तिक सहमति भएको बताउनुभएको थियो । एकीकृत समाजवादीमा पस्नको लागि गौतमले पार्टीको विचार जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने र मुलुकमा राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीको व्यवस्था गर्नुपर्ने शर्त राख्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले जबज निशर्त स्वीकारे पनि राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीबारे पार्टीभित्र वृहत छलफल नगरी त्यसबारे सहमति गर्न नसकिनेपछि गौतमको एकीकृत समाजवादी यात्रा रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री