+

नेपाली महिला टोली विश्वकप खोखो प्रतियोगिताको फाइनलमा

काठमाडौँ। नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो । 



भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो । 

 महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट