
सिरहा । जिल्लास्थित डिभिजन वन कार्यलयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन शुरु गरेको छ ।
लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिरहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गर्नुभएको हो । न्यायाधीश मैनालीले वनसँग जोडीएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । ‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यसबेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्’ उहाँले भन्नुभयो– ‘काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।’
अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रष्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उहाँले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सिरहामा एउटा डिभिजन वन कार्यालय र ६ वटा सव–डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यलयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कानुनी तालिमको प्रशिक्षण जिल्ला अदालत सिरहाका न्यायाधीश, रेक्टर तथा इलाका प्रहरी कार्यालय लहानका अधिकृतले दिनुहुनेछ ।
डिभिजन वन कार्यालयसहित सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहा, मिर्चैया, चोहर्वा, धनगढीमाई र लहानका गरी २७ जना कर्मचारी तालिममा सहभागी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू