
भोजपुर । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव शुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला शुरु भएको हो ।
मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले मङ्गलबार उद्घाटन गर्नहुँदै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर्र खुला सांस्कृतिक सङ्ग्रालयका रूपमा विकास गर्न सकिने बताउनुभयो । पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उहाँको भनाइ छ । सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिँडाउन चाहेको उहाँको भनाइ छ । पर्यटनको माध्यमबाट राज्यको जिडीपी बढाउन सकिने मन्त्री पाण्डले बताउनुभयो ।
मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका–४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखी लगायतको प्रदर्शनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार, संस्कृतिसँगै झाँकी प्रदर्शन गरिएको छ । महोत्सवमा जैविक ९अग्र्यानिक० खानाका परिकार तथा प्रदर्शनी राखिएको छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीय परिकार रहेको आयोजकको भनाइ छ । कृषि, पर्यटन तथा स्थानीय संस्कार, संस्कृतिको विकास तथा प्रवर्द्धन गर्न मुन्दुम भ्रमण वर्षलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । ‘गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको छ’ उपाध्यक्ष राईले भन्नुभयो– ‘महोत्सवमार्फत यहाँका सम्भावनाको उजागरसँगै कृषि उत्पादनको बजारीकरणमा जोड दिएका छौँ । यसले यहाँको सम्पूर्ण क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’
यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको विकासका गतिविधि अघि बढाएको अध्यक्ष बस्नेतको भनाइ छ ।
‘मुन्दुम भ्रमण वर्ष २०२५ लक्षित गरेर महोत्सवको सञ्चालन गरेका छौँ’ अध्यक्ष बस्नेतले भन्नुभयो– ‘महोत्सवको माध्यमबाट मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको जोड दिएका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री