
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा आज सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उहाँसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।
घाइते न्याधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बिएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री