
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस पटकको माघे सङ्क्रान्ति प्रहरी हिरासतमै मनाउनु हुने भएको छ ।
काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण मुद्धामा थुनछेक बहस नसकिएपछि नसकिएपछि पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले माघे सङ्क्रान्ति प्रहरी हिरासतमै मान्नुपर्ने अवस्था आएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर गएको बिहीबार रिहा हुनुभएका लामिछानेको स्वर्णलक्ष्मी सहकारीे प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
थुनछेक बहसको लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनुभएको थियो । तर बहस नसकिएपछि अदालतले उहाँलाई न्यायिक हिरासतमा राख्न आदेश दियो । यसअघि ८४ दिन थुनामा रहनुभएका लामिछानेलाई त्यहीकारण फेरि काठमाडौं प्रहरीको हिरासत राखिएको हो । सोमबारको थुनछेक बहस नसकिएपछि लामिछानेलाई अलदालतले फेरि पर्सि (बुधबार)को लागि बोलाएको छ । लामिछानेलाईलाई कम्तीमा त्यस अवधिसम्म प्रहरी हिरासतमै राखिने भएको छ ।
माघे संक्रान्तिको अघिल्लो दिनदेखि पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रतकथा शुरु भएको छ । लामिछानेले स्वस्थानी व्रतकथा अदालतमै सम्झिनुपर्ने स्थिति बन्यो । थुनछेक बहसको लागि अदालतको इजलासमा उपस्थित हुने क्रममा लामिछानेलाई पत्नी निकिता पौडेलले रातो टीका लगाइदिनुभया । पत्नी निकिताले लामिछानेलाई .आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका लगाइदिनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री