
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित सप्तकोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरुको घुइँचो लागेको छ ।
सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का दिनेशकुमार राउतले ‘कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह हुने’ जनविश्वास रहेको बताउनुभयो । यस दिन बिहान कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाई खाने प्रचलनसमेत छ ।
कोशी नदीलाई कौशिका माताका रुपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । रोशनकुमार कर्णले कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री) खरिद–बिक्री हुने गरेको छ ।
यो मेलामा सप्तरीको सप्तकोशी, हनुमाननगर कङकालिनी र राजविराज नगरपालिकासहित सुनसरीको कोशी गाउँपालिका र भारतको विहार राज्यको सुपोल जिल्लाका भक्तजन मेला भर्नेहरु आउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री