
काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस शुरु भएको छ ।
काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारीकोे रकम हिनामिना प्रकरणमा लामिछानेबारे काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको हो । लामिछानेबारे आज बिहानदेखि थुनछेक बहस शुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहनुभएका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिनुभएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर गएको बिहीबार रिहा भएका लामिछाने स्वर्णलक्ष्मी सहकारीे प्रकरणमा आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैंँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । आइतबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई पहरीले फेरि पक्राउ गरी न्यायिक हिरासतमा लगिएको राखेको छ ।
थुनछेक बहसको लागि जिल्ला अदालतको इजलासमा उपस्थित हुने क्रममा लामिछानेलाई पत्नी निकिता पौडेलले टीका लगाइदिनुभएको छ । पत्नी निकिताले लामिछानेलाई आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका लगाइदिनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री