
काठमाडौँ । सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा गर्नुका साथै २ जनालाई कामु जिम्मेवारी तोकेको छ ।
जसअनुसार कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनुहुन्थ्यो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुमनराज अर्याललाई लगिएको छ । चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ ।
उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई सरुवा गरिएको छ । संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ ।
निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा बाबुराम अधिकारी र मधेश प्रदेशमा मदन भुजेललाई कायम मुकायम तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री