
पर्वत । यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ ।
नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले त्यसको दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायत परिकार बनाउँदै आएको छ । डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष करिब ७० लाख ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यस वर्ष करिब ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।
गाउँगाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्यान्डिका लागि गुदी निकालेर राख्ने काम भैरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो । पर्वतमा करिब दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उहाँको भनाइ छ । बाँकी केही कृषकहरूले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको भुसालले बताउनुभयो ।
जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । कोरोना सङ्क्रमणमा अमेरिका, अस्ट्रेलिया, हङकङ लगायतका देशमा समेत निर्यात गरेको भए पनि अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उहाँको भनाइ छ ।
भुसालले सञ्चालन गरेको उद्योगमा ७ जनाले रोजगारी पाएका छन् । लप्सीसँगै अमला, अदुवा लगायत परिवार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा १० देखि १२ लाख रुपैयाँसम्म बचत हुने गरको उहाँले बताउनुभयो ।
चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकारहरू अमेरिका पठाउनुभएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताउनुभयो । नेपालीहरूले विदेश फकिँदा कोशेली र पाहुरको रूपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उहाँको भनाइ छ ।
जिल्लाका करिब ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो श्रोत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेतीसमेत शुरू भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरूवा समेत वितरण गर्दै आएको छ ।
उद्योगमा लप्सीसँगै अदुवा, अलैची, अमला, बेसार, टिमुर, खुर्सानि लगायतको प्रशोधन समेत हुँदै आएको छ भने पछिल्लो दुई वर्ष यता मकैको सातु उत्पादनबाट समेत लाखौँ रूपैँया आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताउनुभयो ।
लप्सी, अमला र अदुवा सिजनको बेलामा प्रशोधन हुने भए पनि मकै, भट्टमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै