
काठमाडौँ । कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त भएको छ । कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले बुधबार विमान दुर्घटना भएको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ ।
एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका ५सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ । अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै