
धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो ।
उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ ।
बजारमा जथाभावी सुर्तिजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले बताउनुभयो ।
धरानका सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थल जस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका सुर्ति, खैनी, गुट्खा, पानपरागका खोल अत्यधिक मात्रामा भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनुपरेको उपमहानगरपालिकाका सूचना अधिकारी टीकाराम निरौलाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय