
रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन् । लुभ–बेथान– हिलेदेवी–गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्कंर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा सुनापति गाउँपालिकाले २१ लाख रुपैयाँ खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरिएको गाउँपालिकाका अक्यष ठूलो कान्छा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण गरिएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव