
सिन्धुली । सुख्खा मरुभूमि क्षेत्रमा मात्र पाइने उँट नेपालको पहाडी भेगमा समेत भेटिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको हो।
भिमानमा बस्ती नजिकै मंगलबार बिहान उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिनुभएको छ । हरिहरपुरगढी क्षेत्रमा अहिलेसम्म उट देखिएको थिएन। तर बस्तीमा अचानक एउटा उँट देखिएपछि स्थानीय अचम्म परेका छन्।
त्यो ठाउँमा अहिले उँट हेर्नेहरूको भिड लागेको छ। ‘कतिपयले हालसम्म उँट नदेखेका कारण त्रसित समेत भएका छन्,’ अध्यक्ष वाइवाले भन्नुभयो – ‘हेर्दा अरवियन जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकीन छैन। हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौँ ।’
डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले भिमानमा उँट भेटिएको खबर आएपछि कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरिएको बताउनुभयो ।
वन अधिकृत केसीले नेपालका जंगलमा नपाइने उँट भिमानमा कसरी आइपुग्यो भन्नेबारे अििहल्यै केही भन्न नसमिने बताउनुभयो । ‘कसैले भारतबाट ल्याएर पालेको उँट फुत्किएर भागेको हुन पनि हुन सक्छ’ उहाँले भन्नुभयो– ‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव