
तनहुँ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै स्थानीयको आम्दानी बढाउने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ स्थित रम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको छ । व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस ठाउँलाई नमूना ठाउँ बनाउनेगरी कार्यक्रम अगाडि बढाएको हो ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत रुम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यस ठाउँलाई नमूना बस्तीका रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षण गरिने न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो ।’
यसका लागि गण्डकी प्रदेश सरकारले ६५ लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले ३५ लाख रुपैयाँ लागत साझेदारी गरेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित नवप्रवर्तनीय साझेदारी कार्यक्रम रुम्सीका एक सय ९ घरमा सञ्चालन गरिएको छ । त्यही परियोजनाअन्तर्गत होमस्टे पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २८ घरमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।’
रुम्सी गाउँलाई संस्कृति, प्रकृति, सम्पदा र पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै न्यौपानेले भन्नुभयो, ‘दमौलीबाट रुम्सीसम्म सडक कालोपत्र गरिनेछ । सडक कालोपत्र भएपश्चात गाउँ र सहर जोडिनेछ ।’
दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा पुगिने रुम्सीका २८ घरधुरीमा होमस्टे सञ्चालन छ । यहाँ आउने पाहुनालाई अग्र्यानिक खाना, लोकल कुखुरा खुवाइने गरेको होमस्टे सञ्चालक सन्तोष थापाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ग्रामीण परिवेश, पारिवारिक वातावरण, स्थानीय परिकार, मौलिक रहनसहन, यहाँको मुख्य आकर्षण हो ।’
वडाध्यक्ष काजिमान श्रेष्ठले पछिल्लो समय यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रामीण परिवेशमा रमाउन चाहनेहरूका लागि यो ठाउँ आनन्दित छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध