
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । शुरुवातमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो ।
तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुट्नुभएको हो । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उहाँ सुनाउनुहुन्छ । ‘घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ’ खड्काले भन्नुभयो– ‘धान, गहुँखेती कम गरिन्छ । तरकारी खेतीमै लागिएको छ ।’
उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताउनुहुन्छ । उहाँको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्च चलेको छ । तरकारीखेतीमा करिब रु सात लाख लगानी लाग्ने गरेको छ ।
‘मल, बीउबिजन, सिँचाइ लगायतमा वार्षिक लगानी कटाएर १५ लाख रुपैयाँ बचत हुन्छ’ खड्का भन्नुहुन्छ– ‘तरकारी बिक्रीका लागि सदरमुकाम महेन्द्रनगर लैजाने गरेका छौँ ।’
तरकारीखेतीमा परिवारका सदस्य सबै जुट्ने गरेका छन् । भारतमा काम गर्ने वीरबहादुरका जेठा छोरा उमेश पनि अहिले गाउँमै बुबालाई खेतीमा सघाउँदै आएका छन् । ‘कोरोना महामारीका समयमा भारतबाट फर्किए, त्यसपछि भारत गएको छैन’ उमेशले भन्नुभयो– ‘तरकारी खेतीमा बुबालाई सघाएरै भारतमा कमाउनेभन्दा बढी पैसा कमाइ हुन्छ ।्’
भारतबाट आयात हुने तरकारीका कारण आफूहरूको उत्पादनले सोचेजस्तो मूल्य नपाएको खड्का परिवारको गुनासो छ । भारतबाट आउने तरकारी बजारमा छ्यापछ्याप्ती हुँदा स्वदेशी उत्पादनले बजार पाउन मुस्किल भएको छ । ‘विषादी प्रयोग गरिएको तरकारी छिट्टै तयार भएर सस्तोमै बजारमा आउँछ । त्यसले स्वदेशको अग्र्यानिक ताजा तरकारीले मूल्य पाउँदैन’ उहाँले भन्नुभयो– तरकारी सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।’
वीरबहादुरको परिवार आलु, प्याज, भन्टा, खुर्सानी, बैगन लगायत तरकारी उत्पादनमा व्यस्त छ । सरकारले बर्सेनि कृषिमा अनुदान दिने गरेको भए पनि आफूहरूले अहिलेसम्म अनुदान नपाएको उहाँको गुनासो छ । ‘यत्रो समयदेखि तरकारीखेती गरिरहेको छु । अहिलेसम्म पनि अनुदान पाएको छैन’ खड्काले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै