
पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । सोमबार निर्वाचित अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको हो ।
प्रदेशमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा (माओवादी केन्द्र)ले एक स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ ।
सत्ता गठबन्धनको भागबन्डामा अन्य र अपाङ्ग कोटा पाएको नेपाली काङ्ग्रेसबाट क्रमशः किरणबाबु श्रेष्ठ र अपाङ्गता एवम् अल्पसङ्ख्यकबाट पदमबहादुर परियारले मनोनयन दर्ता गराउनुभएको छ । गोरखाका श्रेष्ठ काङ्ग्रेस गण्डकी महामन्त्री हुनुहुन्छ भने तनहुँका परिपार काङ्ग्रेस निकट अधिकारकर्मी हुनुहुन्छ ।
यस्तै, सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रदेशमा महिला क्लस्टरबाट पर्वतकी मनरुपा शर्मालाई उम्मेदवार बनाएको छ । नेकपा (माओवादी केन्द्र) पर्वत जिल्ला संयोजक रहनुभएकी शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ ।
नेकपा (एमाले) बाट अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्द्र शेरचनले उम्मेदवारी दर्ता गराउनुभएको छ । गोरखाकी देवकोटा एमाले केन्द्रीय सदस्य हुनुहुन्छ भने मुस्ताङका शेरचन प्रदेश सदस्य हुनुहुन्छ । स्याङ्जाका पराजुली भने केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।
प्रदेशको चौथो दल राप्रपाले अन्य र महिला क्लस्टरमा मात्र उम्मेदवारी दिएको छ । राप्रपाबाट रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । गण्डकीमा एक्ला एक्लै चुनाव लड्ने हो भने काङ्ग्रेस सबैभन्दा बलियो छ । गण्डकीमा प्रदेशसभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन् । यहाँ काङ्ग्रेसको मतभार दुई हजार तीन सय २४ छ भने नेकपा एमालेको कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ ।
प्रदेशमा माओवादीसँग नौ सय ९४ मतभार देखिन्छ भने प्रदेशमा एकीकृत समाजवादीसँग ७२ र राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ । दुई प्रदेशसभा सदस्य रहेको राप्रपाको एक सय छ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो