
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ ।
एमालेले आज जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाइएको छ । मधेस प्रदेशबाट पर्साकी उषादेवी थरूनी र महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौँका विवेक देवकोटा र धादिङका धु्रवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालले जनाएको छ ।
एमालेले लुम्बिनी प्रदेशमा दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादु घर्ती, कर्णाली प्रदेशमा हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनाएको एमालेले जनाएको छ ।
राष्ट्रियसभामा आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो