
काठमाडौंं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका उम्मेदवार टुंग्याएको छ । माओवादी केन्द्रको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धनबाट भागमा परेको ६ उम्मेदवार टुंगो लगाएको हो ।
माओवादी केन्दका सचिव देवेन्द्र पौडेलले राष्ट्रियसभाका उम्मेदवार टुंगो लागेको जानकारी दिनुभएको छ । सचिव पौडेलका अनुसार माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभाका २० सदस्यको फागुन २० गतेदेखि कार्यकाल सकिँदैछ । त्यसमध्ये १९ जना पूर्ति गर्नका लागि आगामी माघ ११ गते हुने निर्वाचन हुँदैछ । निर्वाचनको भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । बाँकी १ जना मन्त्रिपरिषदको सिफारसिमा राष्ट्रपतिले मनोनीत गर्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल