
काठमाडौँ । गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँले सुन्धारास्थित एक चलचित्र भवनमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो ।
गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताउनुभयो । ‘म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु’ उहाँले भन्नुभयो– ‘धेरै गीत गाएर स्थापित वा चर्चित भइदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।’ गुरुङले आफूलाई मामाको प्रभावले गीतसङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।
गीत प्रकाश सायमीले रचना गर्नुभएको हो भने सङ्गीत सिर्जना प्रविन बराइलीले गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गर्नुभएको छ ।
गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनुभयो । ‘म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो’ उहाँले भन्नुभयो – ‘ यो गीत बाचिरहने किसिमको बनेको छ । उहाँको गायन शैलीको ताजगी उस्तै छ । उहाँलाई निरन्तरता दिनुस् र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।’
अमेरिकामा रहनुभएका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिनुभयो । ‘उहाँ (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उहाँले गर्नुभएको शुरुवातले गीतसङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु’ उहाँले भन्नुभयो – यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।’
कार्यक्रममा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियोसमेत देखाइएको थियो । गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भर्नु भएको छ । कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री