
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षविहीन भएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले असहमति जनाएपछि बैठक निष्कर्षमा बनेको हो ।
बैठकमा सहभागी नेताका अनुसार छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रियसभामा के गर्ने ? कसरी मिलाउने भन्ने प्रसंग निकालेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसमा असहमति जनाउनुभएको हो।
‘आजको बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा पनि रणनीतिक रुपमा पनि गलत छ भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत हुनुभयो, त्यसपछि साँझ फेरि एमालेसँग छलफल गर्ने भनेर बैठक स्थगित भयो’ बैठकमा सहभागी एक नेताले भन्नुभयो ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पूर्वप्रधानमन्त्री अध्यक्ष शर्मा ओलीसँग बुधबार भएको छलफलपछि राष्ट्रियसभामा एमालेलेलाई पनि केही सिटमा भाग खोजेका छन् । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूहरुलाई राष्ट्रियसभामा शून्य नबनाउन भनेपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा ओलीको प्रस्तावप्रति लचिलो हुनुभएको छ । तर एकीकृत समाजवादीले भने त्यसलाई स्वीकार गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै